Logo and banner
 
Home
About Us
Contact Us
NEWS LINKS
TRAVEL LINKS
AIRLINES LINKS
GK

 

Other Links

BENIGHAT

MEMBERS
Free Call
Coming Events
GORKHA INFORMATION
FAMOUS PLACES
WEBSHOTS PHOTO

MEMBERSHIP FORM

ANNUAL STATEMENT

 

About Us

"गोरखा अनि गोरखाली एशोसियसन"

साढे चार शताब्दी अगाडीको नेपालको ईतिहास पल्टाएर हेर्दा त्यसबेला घुरे, टाकुरे र रराई जस्ता स-साना राज्यहरुमा बिभक्त भएको पाईन्छ । कालन्तरमा यिनै राज्यहरु बाईसे र चौबिसे राज्यहरुको नाममा चिनिन थाले । यसरी आजको प्रत्येक जिल्लाहरुमा जस्तो त्यो बेला भिन्न भिन्नै छुट्टै राज्यहरु र प्रत्येकमा राजा थिए । ती राज्यका राजाहरु एक आपसमा संधै कुनै न कुनै कुरामा मतभिन्नता भई लडाई लडि रहन्थे । जस्ले गर्दा कुनै पनि राज्यका जनताले निश्चित भएर बाँच्न अनि सु:ख शान्तीको अनुभुती गर्न पाएका थिएनन् ।

यस्तो अवस्थामा राजा पृथ्वी नारायण शाहले शुभाराम्भ गरेको नेपाल एकिकरणको अभियान पछि गएर हाम्रा वीर पुर्खाहरुको बलिदनको करण सानो गोरखा राज्यको सीमानालाई पुर्वमा सिक्किम, पश्मिममा सतलजको साँझ, उत्तरमा हिमालय पर्वत र दक्षिणमा गोरखपुर सम्म बिस्तार भई बुटवलको स्यूराज सम्म विस्तार भएको थियो ।

युरोपबाट शुरु भएको बृटिश साम्राज्यवाद भारतसम्म फैलिएको थियो । राज्य विस्तार र सुद्रिकरणको प्रयास भईरहेको बेलामा सन् १८१४ (वि‍क्रम सम्वत १८७१) मा हाल रौतहटमा पर्ने २२ वटा गाउँहरुर बरेली अदिको विषयलाई लिएर ईष्ट ईण्डिया कम्पंनीसँग लडाई भएको थियो । यस युद्दमा नालापानी खंलगामा बलभद्र कुवँर, देउथलमा भक्ति थापा, पश्चिम सीमान्त क्षेत्रमा अमरसिहं थापा र अन्य विभिन्न क्षेत्रमा नेपाली फौजले वीरताको परिचय दिए पनि प्रशिक्षित फौजको अभाव, आधुनिक हात हतियारको अभाव आदिले गर्दा अग्रेज सँग युद्द हार्न पुग्यो र १८ नोभेम्बर १८१५ मा नेपालको तर्फबाट गजानन मिश्र र ईष्ट ईण्डियाको कम्पनीको तर्फबाट लेफ्टेनेन्ट जनरल व्राड शा ले हस्ताक्षर गरेपछि सन् १८१६ (विक्रम १८७२) देखि कार्यान्वयन हुने गरी सुगौली सन्धि हुन पुग्यो । यो सन्धीले नेपालको एक तिहाई भाग सदाको लागि गुमाई हाल रहेको नेपालको सिमाना कायम हुन गयो ।

यस प्रकारले नेपाल राज्यको उदग्म स्थलको रुपमा चिनिएको गोरखा जिल्लाबाट यस प्रवास हंगकंगमा विभिन्न माध्यमबाट आएर बसोवास गरिरहनु भएका सम्पुर्ण गोरखा जिल्ला बासीलाई समेट्न सन् २००३ मा "गोरखाली एशोसियसन" को स्थापना गरिएको छ । आफ्नो स्थापना काल देखि नै प्रत्येक प्रवासी गोरखाली हरुको सुख दुखमा साथ दिने उद्देश्य लिएर निरन्तर अगाडी बढिरहेको छ । भविष्यमा यस विसुद्द संस्थालाई अझ शसक्त रुपमा अगाडी बढाउन गोरखा जिल्लावासीको सहयोग नितान्त अवश्यक छ । यस संस्थाको मेरुदण्ड भन्नु नै हंगकंगमा रहेका गोरखा जिल्लावासीको सरसहयोग अनि माया नै हो । गोरखा जिल्लाबाट हंगकंगमा बसोबास गरिरहनु भएका अनेकौ जातीहरुबीच भाईचारा सुमधुर सम्बन्धको स्थापना गरी एक आपसको सुख दुखमा हात्तेमालो गराउनु नै "गोरखाली एशोसियसन" को एकमात्र ध्येय हो । तसर्थ गोरखा जिल्लाबाट हंगकंग आई बसोबास गर्नु भएका सम्मपुर्ण महानुभावहरुले संस्थाको सदस्यता लिई दिन हुन र संस्थाले आयोजना गर्ने कार्यक्रममा सहभागी भई साझा चौतारीलाई अगाडी बढाउन हार्दिक सविनय अनुरोध छ । संस्थाको मोटामोटी गतिबिधीहरुलाई यो बिधुतीय संजालमा धेरै थोरै पस्कने जमर्को गर्ने नै छौ ।

श्री गोरखानाथ बाबाले हामी सबैको रक्षा गरुन ।

 

ARCHIVE BIDES TIRA BIDES TIRA
 

 

 

 

 

ENTERTAINMENT
DISTRICT PROFILE
RADIO
PHOTOS
AUDIO MUSIC
INFORMATION
BARPAK VILLAGE
TISNGMA BRIDGE
OMJOJODAUDAU
 
राष्टिया गित
GORKHA INFORMATION
VDC INTRODUTION
WARD INTRODUCTION
GORKHALI IN ABOARD
IMPORTANT PCO NOS.
 

 

Web site sponserd by In Gurung,Design by BR Gurung,Uploaded by Madan Gurung 2006@gorkhaexpress.com